राजनीति


प्रदेश २ का सबै सांसद र कर्मचारीकाे काेराेना परीक्षण गरिँदै

प्रदेश २ का सबै सांसद र कर्मचारीकाे काेराेना परीक्षण गरिँदै

शैलेन्द्र महतो
जेठ १६, २०७७ शुक्रबार ६:४,

यही जेठ २१ गते सुरु हुने प्रदेशसभा बैठकमा भाग लिने प्रदेश २ का सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण सुरु गरिएको छ।

प्रदेशसभाको चौथो अधिवेशन बैठकका लागि प्रदेशसभा भवन परिसरमा बिहीबारदेखि स्वाब संकलन भइरहेको हो।

prades2corona

प्रदेशसभाका सभामुख, उपसभामुख, सांसद, कर्मचारी, मार्यादापालक र सुरक्षाकर्मीलगायत २ सय ५० जना जतिको स्वाब नमुना संकलन भइरहेको प्रदेशसभा सचिवालयका निमित सचिव रञ्जित यादवले जानकारी दिए।

pradesh22

उनका अनुसार उपसभामुख उपमा देवसहित ५० जनाको स्वाब बिहीबार नै संकलन भइसकेको छ। प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभाको चौथो अधिवेशन बोलाइएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad