राजनीति


कांग्रेस संसदीय दलको निष्कर्षः बजेटले कोरोनाबाट जनजीवनको रक्षा गर्न सक्दैन

कांग्रेस संसदीय दलको निष्कर्षः बजेटले कोरोनाबाट जनजीवनको रक्षा गर्न सक्दैन

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १३:५७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ।

शुक्रबार संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा बसेको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो।

‘सरकारकाले बजेट प्रचारमुखि मात्रै देखिन्छ। यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन्। जनताको जीवनरक्षा गर्ने खालको छैन। हामी खर्चको कटौतीको प्रस्ताव गर्छौँ’, बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने।

बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरुको विषयमा संवेदनशिलता नदेखाएको उनले बताए।

उनले भने, ‘कार्यान्वयन गर्न सक्ने अवस्था छैन। आम्दानी आठन्नी खर्च रुपैयाँ भन्ने उखान जस्तै बजेट छ। त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ। यतापट्टी सरकारको सजकता देखिँदैन। कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन। ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षण गर्न मै सकिन्छ।’

पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले बजेटले सरकारको प्रचार मात्रै गरेको बताए। भाषण मिठो भएपनि कार्यान्वय क्षमता बजेटले नराख्ने उनले बताए।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले बजेटमा अहिलेको प्राथमिकताहरु समेटिन नसकेको बताए। अहिले नागरिकको जीवनरक्षा प्रमुख कुरा भएपनि सरकार त्यसमा गम्भीर नदेखिएको उनले बताए।

अर्का नेता मिनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले चालु खर्च ३५ प्रतिशत गर्न राखेको लक्ष्य पुरा भएपनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताए।

कांग्रेस संसदीय दलको बैठकमा सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको हो। छलफलमा पार्टीबाट अर्थमन्त्री बनेका नेताहरुको समेत सहभागिता रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad