राजनीति


माइतिघरमा प्रदर्शन सुरु हुँदा बालुवाटारबाट १० अर्बको खर्च सार्वजनिक, यस्ताे छ विवरण

माइतिघरमा प्रदर्शन सुरु हुँदा बालुवाटारबाट १० अर्बको खर्च सार्वजनिक, यस्ताे छ विवरण

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ४:५५,

माइतिघरमा सरकारबिरोधी आन्दोलन सुरु हुँदै गर्दा प्रधानमन्त्री कार्यालयले कोरोना संकटका बेला गरिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फ्त सो विवरण सार्वजनिक गरेका हुन्।

प्रदर्शनकारीहरुले सरकारले कोरोना संकटका नाममा ठूलो अनियमितता गरेको, सर्वसाधारणलाई पीसीआर बिधिबाट कोरोना परीक्षण नगरेको लगायत माग राखी प्रदर्शन गरिरहेका छन्।

माइतिघरमा जम्मा भएका प्रदर्शनकारीलाई प्रहरीले सुरुमै पक्राउ गरेको छ।

सरकारले यसअघि कोरोनासम्बन्धी कामकारवाहीमा १० अर्ब रुपैयाँ खर्च भइसकेको बताएपछि संसद र सडकमा समेत त्यसको विवरण माग गर्दै आवाज उठ्दै आएको छ।

यस्तो छ उनले सार्वजनिक गरेको खर्चको विवरणः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad