ad ad

राजनीति


दक्षिण कोरियाविरुद्ध सैन्य कारबाही गर्ने किमकी बहिनीको चेतावनी

दक्षिण कोरियाविरुद्ध सैन्य कारबाही गर्ने किमकी बहिनीको चेतावनी

नेपालखबर
जेठ ३२, २०७७ आइतबार ८:४,

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिणविरुद्ध सैन्य कारबाही गर्ने चेतावनी दिएको उत्तरको समाचार संस्था केसीएनएले उल्लेख गरेको छ।

पछिल्लो समय उत्तर कोरियाले दक्षिणसँगको सबै सम्पर्क बन्द गर्ने घोषणा गरेको छ। दक्षिणसँग सञ्चार नै नगर्ने बताएको उत्तर कोरियाले हाल कारवाही गर्ने चेतावनी दिएको हो।

सीमा क्षेत्रमा दक्षिण कोरियाले उत्तरविरोधी गतिविधि बढाएको भन्दै किम यो जोङ रुष्ट बनेकी हुन्। उत्तरबाट भागेर दक्षिण पुगेका मानिस प्रयोग गरेर दक्षिण कोरियाले उत्तर विरोधी गतिविधि बढाएको उत्तरको आरोप छ।

सीमाबाट बारम्बार उत्तर कोरिया विरोधी शब्दहरु लेखेर बेलुन उडाइएपछि हालै उत्तरले दक्षिणसँगको सबै सम्पर्क बन्द गरेको थियो।

यस्ता गतिविधि नरोकिए दक्षिण कोरियाविरुद्ध सैन्य कारवाही हुने किम यो जोङको भनाइ छ। तर कस्तो प्रकारको कारवाही भनेर खुलाइएको छैन।

Kim Jong Un dead? All you need to know about his potential ...

किम यो जोङ सर्वोच्च नेता किम जोङ उनका सल्लाहकार पनि हुन्। उनले भनेकी छिन्,‘सर्वोच्च नेता, हाम्रो पार्टी र राज्यले प्रदान गरेको अधिकारबाट म सेनालाई दुश्मनविरुद्ध अर्को कारवाही गर्न निर्देशन दिएकी छु।’

केही समययता उत्तर कोरियामा दक्षिण कोरियाली सीमाबाट पर्चासहितका लाखौ बेलुन छाडिएको छ। जहाँ उत्तरको विरोध गरिएको छ।

उत्तर कोरियाले दक्षिण कोरियालाई बारम्बार यस्ता गतिविधि रोक्न आग्रह गर्दै आएको छ। किमकी बहिनी किम यो जोङलाई किम जोङ उनपछिको उत्तराधिकारीको रुपमा समेत हेर्ने गरिन्छ।

हालै किम जोङ उनको मृत्युको अफवाह फैलिएको समयमा अब उत्तर कोरियको नेतृत्व किम यो जोङले सम्हाल्ने विश्लेषण भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .