ad ad

राजनीति


स्थायी समितिबारे छलफल गर्न ओली-प्रचण्ड भेट

स्थायी समितिबारे छलफल गर्न ओली-प्रचण्ड भेट

नेपालखबर
असार ९, २०७७ मंगलबार ७:३२,

बुधबार हुने भनिएको पार्टीको स्थायी समिति बैठकको एजेण्डा तय गर्नेबारे छलफल गर्न नेकपाका दुई अध्यक्षबीच भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार छलफल भइरहेको हो।

‘छलफलका लागि उहाँ बालुवाटार जानु भएको हो। छलफल जारी छ,’ प्रचण्ड निकट एक नेताले बताए।

बुधबारका लागि स्थायी समिति बैठक डाकेपनि एजेण्डा तय भएको छैन।

यसअघि दुईपटक स्थायी समिति बैठक बोलाएर बस्दैनबसी स्थगित भएको हुँदा यसपटक पनि हुन्छ हुँदैन भन्ने टुंगो नभएको पार्टी नेताहरुले बताएका छन्। 

याे पनि: स्थायी समिति बैठकको सूचना आयो, एजेण्डा आएन

प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक टार्न खोजेको नेताहरुले आरोप लगाउँदै आएका बेला दुई अध्यक्षबीच छलफल भएको हो।

बुधबारको बैठक भने जसरी पनि राख्नुपर्ने भन्दै नेताहरुले दबाब दिएका छन्।

बैशाखको सुरुमा २० जना स्थायी समिति सदस्यले लिखित रुपमै बैठक माग गरेपछि बैशाख २४ गतेका लागि बोलाइएको थियो।

त्यसपछि वैशाख ३१ गतेका लागि तोकिएको बैठक पनि बस्न सकेको थिएन।

याे पनि: काेराेनाका कारण नेकपा स्थायी समिति बैठक स्थगित

लामो विवादपछि नेकपाले बोलायो स्थायी समिति बैठक

स्थायी समिति बैठक बोलाउन यसकारण राजी भए ओली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .