प्रविधि


चीनद्वारा अन्तिम बीडीएस–३ मा आधारित भूउपग्रहको सफल प्रक्षेपण, अमेरिकी जीपीएस प्रणालीलाई चुनौती

चीनद्वारा अन्तिम बीडीएस–३ मा आधारित भूउपग्रहको सफल प्रक्षेपण, अमेरिकी जीपीएस प्रणालीलाई चुनौती

नेपालखबर
असार ९, २०७७ मंगलबार ७:३१,

यसअघि चीनले धेरैवटा बीडीएस–३ मा आधारित भूउपग्रह अन्तरिक्षमा पठाइसकेको छ।

चीनको बीडीएस प्रणाली अमेरिकाको जीपीएस तथा ग्लोनजस्तै प्रणाली हो जसले भौगोलिक स्थान, भौगोलिक अवस्था र समयको जानकारी दिन्छ।

हालसम्म चीन अमेरिकाको जीपीएस प्रणालीमा भरपर्न बाध्य थियो। तर बीडीएस प्रणालीको विकास भएसँगै अब चीनले आफ्नै प्रणालीको प्रयोग गर्नेछ।

चीनको बीडीएसले जीपीएसलाई विशवव्यापी रुपमा चुनौती प्रदान गर्ने पनि अनुमान गरिएको छ।

ISRO to launch navigation satellite on April 12 - DTNext.in

१० अर्ब अमेरिकी डलरमा निर्माण भएको यस संजालसँग ३५ भूउपग्रह जोडिएको छ। जसले विश्वभरका मानिसालाई भौगोलिक स्थान र समयको तथ्यगत जानकारी दिनेछ।

अमेरिका र चीनबीच पछिल्लो समय व्यापार युद्ध जारी छ। कोरोना भाइरस र हङकङको स्वतन्त्रताको विषयमा साथै ताइवानको विषयमा तनाव बढिरहँदा चीनले अमेरिकालाई चुनौती दिन बीडीएस प्रविधि विकास गरेको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .