भारतीय कांग्रेसका नेता राहुल गान्धीले चीनसँगको विवादबारे फेरि एकपटक आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीलाई घाेचपेच गरेका छन्।
यही जुन १५ तारखि राति भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि हताहती भएको दाबी गरिए पनि अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन।
ट्विटरमा एक भिडियो सन्देश जारी गर्दै नेता गान्धीले यस विषयमा प्रधानमन्त्री माेदीलाई देश र जनतालाई साँचो कुरा बताउन आग्रह गरेका हु्न्।
भिडियोमा उनले भनेका छन्, ‘केही दिनअघि प्रधानमन्त्रीले भन्नुभयो थियो कि चीनले भारतको १ इन्च जमिन पनि लिएको छैन। तर भर्खरै सार्वजनिक स्याटेलाइट तस्बिर र अवकाशप्राप्त सेनाका अधिकारीले भनिरहेका छन्– चीनले भारतका एक ठाउँमा होइन, तीन–तीन ठाउँमा जमिन अतिक्रमण गरिरहेको छ। त्यसकारण प्रधानमन्त्रीज्यू, नडराई साँचो कुरा बोल्नुहोस्...।’
थप कुरा याे भिडियाेमा सुनाैँ:
प्रधानमंत्री जी,
देश आपसे सच सुनना चाहता है।#SpeakUpForOurJawans pic.twitter.com/tY9dvsqp4N

प्रतिक्रिया