विवेकशील नेपाली दलले एक हप्तादेखि सत्याग्रहमा बसेका युवाहरुको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेकाे छ।
बिहीबार विज्ञप्ति निकालेर विवेकशीलले सत्याग्रहप्रति ऐक्यबद्धता प्रकट गर्दै उनीहरुको माग तत्काल पुरा गर्न र जीवनरक्षाका निम्ति अपील गरेको छ।
पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै र भौतिक दूरी कायम गर्दै सडकमा सिर्जनात्मक विरोध सँगसँगै ई, सुदन गुरुङ, सुबानी सिजापती र पुकार बम शुक्रबारदेखि ललितपुरको पाटन कृष्णमन्दिर नजिकै सत्याग्रहमा बसेका छन्।
उनीहरूमध्ये सुदन गुरुङ र सुबानी सिजापतिको स्वास्थ्य अवस्था कमजोर भइसकेको हुँदा त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको र बाँकी दुई सत्याग्रहीको स्वास्थ्य स्थिति खस्कँदो अवस्थामा रहेको विवेकशीलले जनाएको छ।
सत्याग्रहको सातौं दिन पुग्दा समेत सरकार एवं सम्बन्धित निकायले अनशनरत युवाहरुसँग सम्वाद गर्न र उनीहरुको मागबारे जानकारी राख्नतर्फ रुचि र अग्रसरता नदेखाएकोप्रति विवेकशीलले असन्तुष्टि जाहेर गरेको छ।

प्रतिक्रिया