राजनीति


यस्ता छन् संसदको छैटौं अधिवेशनका महत्वपूर्ण उपलब्धि

यस्ता छन् संसदको छैटौं अधिवेशनका महत्वपूर्ण उपलब्धि

नेपालखबर
असार १८, २०७७ बिहिबार ९:५३,

संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य भएकाे छ। बजेट अधिवेशनका रुपमा रहेको संसदको छैटौं अधिवेशन ५५ दिन बसेर आज बिहीबारदेखि समापन भएको हो।

गत वैशाख २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद छैटौं अधिवेशन आह्वान गरेकी थिइन्। यो अवधिमा कूल २६ वटा बैठक बसेकाे र १० वटा विधेयक पारित भएको संसद सचिवालयले जानकारी दिएको छ।

यो अधिवेशनले सबैभन्दा महत्वपूर्ण काम संविधान संशाेधन विधेयक सर्वसम्मतीले पारित गरेको छ। जेठ ३१ गते प्रतिनिधि सभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पारित भएको थियो। सो विधेयक राष्ट्रियसभाबाट पनि पारित भएर राष्ट्रपतिद्वारा असार ४ गते प्रमाणिकरण भइसकेको छ।

सरकारले अतिक्रमित भूमि लिम्पियाधुरा कालापानी र लुपुलेक समेटेर नयाँ नक्सा जारी गरेकाे थियाे। नेपालकाे साेही नक्सालाई संविधानकाे अनुसूचीमा समेट्न र निशान छाप परिवर्तन गर्न संविधान संशाेधन गरिएकाे हाे। स‌ंविधान संशाेधनका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच अभूतपूर्व एकता देखिएकाे थियाे।

जेठ २ गते राष्ट्रपति भण्डारीद्वारा संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो भने जेठ १५ गते बजेट पेश भएको थियो। अधिवेशनले विनियोजन विधेयक र आश्रीत विधेयकहरु पारित गरेको छ।

यस्तै जेठ २६ गतेको बैठकबाट रुकुम जिल्लाको सोती घटना छानविन गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो।

संसदको छैटौं अधिवेशनमा कोरोना महामारीबाट बच्न सावधानी र चुस्त व्यबस्थापन अपनाइएको थियो भने बैठक अघि सबै सदस्य तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो।

यसअघि कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण पाचौं अधिवेशनका बैठकहरु कैयौं दिन स्थगित भएका थिए। २९ फागुन २०७६ मा बसेको बैठक पछि ७ चैतका लागि बैठक आव्हान गरिएपनि सम्भावित कोरोना संक्रमणको त्रासका कारण ७, १३ र २१ चैथतका लागि डाकिएका बैठकहरु पनि लगातार स्थगित भएका थिए। त्यसपछि सरकारको सिफारिसमा २०७६ चैत २४ गते पाचौं अधिवेशन अन्त्य भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad