राजनीति


संसदले हटायो सरिता गिरीलाई सांसद पदबाट

संसदले हटायो सरिता गिरीलाई सांसद पदबाट

नेपालखबर
असार २५, २०७७ बिहिबार १०:२०,

संघीय संसदले समाजवादी पार्टीकी सांसद सरिता गिरी पदमुक्त भएको सूचना जारी गरेको छ।

संसद सचिवालयले समाजवादी पार्टीले गिरीलाई पार्टीबाट निष्काशन गरेको र सांसद पदबाट हटाउन भनी संसदलाई सिफारिश गरेबमोजिम गिरीको पद रिक्त भएको जानकारी दिएको छ।

समाजवादी पार्टीको समानुपातिक तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गिरीले सो पार्टीको संसदीय दलले निर्णय गरी जारी गरेको निर्देशन (ह्वीप) उल्लंघन गरेको भनी पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीबाट निष्काशन गरिएको भनी लेखि पठाएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ।

संघीय समाजवादी पार्टीले मंगलबार सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर जारी गरिएको नयाँ नक्सा संविधानमा रहेको निसान छापमा समेट्न गरिएको संविधान संशोधनमा गिरीले मतदान बहिष्कार गरेकोमा सो पार्टीले उनलाई कारवाही गरेको हो।

समाजवादी पार्टीलगायत सबै दलले सो संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेका थिए।

सोहि प्रस्तावको पक्षमा मतदान गर्न भनी जारी गरिएको पार्टी ह्विप उनले उल्लंघन गरेपछि पार्टीले उनलाई कारवाही गरेको हो।

याे पनि: सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारवाही गर्ने समाजवादीको निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad