राजनीति


बाढी पीडितको व्यवस्थापनको लागि प्रदेश २ मा मन्त्रीस्तरीय समिति गठन

बाढी पीडितको व्यवस्थापनको लागि प्रदेश २ मा मन्त्रीस्तरीय समिति गठन

शैलेन्द्र महतो
असार ३०, २०७७ मंगलबार १०:३३,

प्रदेश २ सरकारले बाढी पहिरोबाट भएका क्षतिको निरीक्षण तथा राहत लगायतको व्यवस्थापनको लागि मन्त्रीस्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ।

मन्त्रिपरिषदको आज सम्पन्न बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र उद्योग वन पर्यटन तथा संस्कृति मन्त्री राम नरेश राय सदस्य रहने गरि तीन सदस्यीय समिति गठन गरेको हाे।

साे समितिलाई आठ वटै जिल्लामा आएको बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण अनुगमन गरी पीडितलाई उपलब्ध गराउनु पर्ने राहत तथा अन्य मर्मत सम्भार जस्ता कार्यहरुको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।

समितिको सिफारिसका आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad