राजनीति


नेकपा बैठक केही मिनेट बसेर एक हप्ताका लागि स्थगित

नेकपा बैठक केही मिनेट बसेर एक हप्ताका लागि स्थगित

नेपालखबर
साउन ६, २०७७ मंगलबार ८:२१,

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक १३ गतेसम्मको लागि स्थगित भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा केही मिनेट बसेको बैठक मुलुकभर भइरहेको भारी वर्षा र बाढीपहिरोबाट सिर्जित समस्याका कारण एकहप्ताका लागि स्थगित गरिएको नेताहरुले बताए।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको सो बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।

सोमबारदेखि जारी अविरल वर्षाले पारेको जनधनको क्षतिको लागि उद्धार र राहतमा जुट्ने प्रस्ताव पारित गर्दै बैठक एक हप्ताका लागि स्थगित गरिएको स्थायी कमिटी सदस्य गणेश साहले नेपालखबरलाई बताए।

‘बैठकले बाढी पहिरोको उद्धारमा जुट्ने प्रस्ताव पारित गर्‍यो,’ साहले भने, ‘बैठकमा प्रधानमन्त्री आउनुभएको थिएन।’

बैठकअघि दुई अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमै छलफल भएको थियो। दुई अध्यक्षको भेटलगत्तै बसेको स्थाायी कमिटी बैठक केहीमिनेट बसेर प्रस्ताव पारित गर्दै स्थगित गरिएको साहले बताए।

याे पनि: आठ पटकको स्थगनपछि बल्ल बस्यो नेकपाको स्थायी कमिटी बैठक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad