खेल


इंग्ल्यान्डद्वारा वेस्ट इन्डिजसँगको टेस्ट शृंखलामा १–१ को बराबरी

इंग्ल्यान्डद्वारा वेस्ट इन्डिजसँगको टेस्ट शृंखलामा १–१ को बराबरी

नेपालखबर
साउन ६, २०७७ मंगलबार ८:१९,

घरेलु टोली इङल्याण्डले वेष्ट इण्डिजसँगको ३ खेलको टेष्ट सिरिजमा १–१ को बराबरी गरेको छ। पाँचौँ तथा अन्तिम दिन सोमबार राति भएको खेलमा इङल्याण्ड १ सय १३ रनले विजयी भयो।

३ सय १२ रनको लक्ष्य पछ्याएको पाहुना टोली वेष्ट इण्डिज ७० दशमलव १ ओरभमा १ सय ९८ रनमा अलआउट भयो।

शम्राह ब्रुक्सले जोडेको ६२ रन नै वेस्ट इन्डिजका लागि सर्वाधिक रह्यो। उनले ४ चौका र २ छक्का प्रहार गरे। जर्मेन ब्ल्याकवुडले ५५ रन बनाए। इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले ३ तथा वेन स्टोक, डोम बेस र त्रिलस वोक्सले समान २ विकेट झारे। साम करनले १ विकेट आफ्नो नाममा लेखाए।

त्यसअघि पाँचौँ दिन नै दोस्रो इनिङमा इंग्ल्यान्डले १९ ओभरमा १ सय २९ रन जोड्न ३ विकेट गुमाउँदै इनिङस् समाप्तीको घोषणा गरेको थियो। पहिलो इनिङस्मा उत्कृष्ट शतक प्रहार गरेका वेन स्टोक्सले दोस्रो इनिङमा ४ चौका र ३ छक्कासहित ७८ रनमा नटआउट रहे।

दोस्रो इनिङस्मा ओपनिङ ब्याट्सम्यानको रुपमा क्रिजमा आएका स्टोक ‘प्लेयर अफ द म्याच’ समेत बने। जो रुट २२ रनमा आउट हुँदा ज्याक क्रली ११ र जस बटलर शून्य रनमा पवेलियन फर्के। ओली पोप १२ रनमा नटआउट रहे। वेष्ट इण्डिजका केमार रोचले २ विकेट लिए।

पहिलो टेष्ट सिरिज पाहुना टोलीले ४ विकेटले जितेको थियो। तेस्रो तथा अन्तिम खेल जुलाई २४ देखि २८ सम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad