राजनीति


राहुल गान्धी भन्छन्ः चीनसँग डराएको मोदीको बलियो व्यक्तिको छवि बनावटी

राहुल गान्धी भन्छन्ः चीनसँग डराएको मोदीको बलियो व्यक्तिको छवि बनावटी

नेपालखबर
साउन ६, २०७७ मंगलबार ८:२७,

सोमबार ट्वीटरमा एक भिडियो सन्देश पोस्ट गर्दै गान्धीले मोदीको बलियो व्यक्तिको छवि समेत बनावटी मात्र भएको टिप्पणी गरे।

भिडियोमा गान्धीले मोदीको बलियो व्यक्तिको छवि नै भारतको हालको मुख्य कमजोरी भएको पनि उल्लेख गरेका छन्।

‘बलियो व्यक्तिको बनावटी छवि बनाएर मोदी प्रधानमन्त्री बने। त्यसबेला उनको त्यो शक्ति थियो। तर आज त्यही बनावटी छवि भारतको मुख्य कमजोरी हो’ गान्धीले लद्दाखमा चिनियाँ सेनासँगको झडपमा २० भारतीय सेनाको मृत्यु भएको उल्लेख गर्दै भनेका छन्,‘यतिबेला सरकारको कायरताले भारतले त्यसको मूल्य चुकाइरहेको छ।’

सो क्रममा गान्धीले चीनले जे गर्दापनि रणनीतिसहित अगाडि बढ्ने बताउँदै मोदी सरकारसँग रणनीति नभएको बताए।

‘चीनले नसोची र रणनीति नबनाई केही गर्दैनन्। उनीहरुले मस्तिष्कमा विश्वको नक्सा कोरेका छन् र उनीहरुले विश्वलाई आकार दिन खोजिरहेका छन्। बेल्ट एन्ड रोड प्रोजेक्ट तथा ग्वादर प्रोजेक्ट त्यसकै परिणाम हो। उनीहरु यो ग्रहलाई नै आकार दिन खोजिरहेका छन्’ गान्धीले भनेका छन्,‘रणनीतिक तहमा उनीहरुले आफ्नो अवस्था सुधार गर्द खोज्दैछन् चाहे त्यो गलवान, देमचोक र पाङगोङमै किन नहोस्।’

भारत र चीनबीच जारी विवाद सीमा विवाद मात्र नभएको पनि गान्धीको भनाइ छ। उनले भारतका प्रधानमन्त्री मोदीलाई दाबाब दिन र उनको बलियो व्यक्तिको छविलाई आक्रमण गर्न पनि चीनले सीमा विवाद झिकेको धारणा राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad