राजनीति


‘केपी, प्रचण्ड, माधव, झलनाथ जसले जबज विचार बोक्छन्, कार्यकर्ता उनैका पछि लाग्छन्’

‘केपी, प्रचण्ड, माधव, झलनाथ जसले जबज विचार बोक्छन्, कार्यकर्ता उनैका पछि लाग्छन्’

नेपालखबर
साउन ७, २०७७ बुधबार १६:३३,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाही जिल्ला कमिटीका अध्यक्ष रेवती पन्तले पार्टीभित्र जो जनताको बहुदलीय जनवाद (जबज) विचार बोकेर अगाडि बढ्छ, उही नेताका रूपमा स्थापित हुन सक्ने दाबी गरेका छन्।

आज (बुधबार) सर्लाहीको बरहथवामा पार्टीले आयोजना गरेको पुष्पलाल स्मृति दिवसमा अध्यक्ष पन्तले केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल जाे यो (जबज) विचार लिएर अगाडि बढ्छन्, कार्यकर्ता उसैका पछि लाग्ने दाबी गरेका हुन्।

पार्टीमा पहिले नीति स्थापित हुने र त्यसपछि मात्र नेता को हो भन्ने टुंगो लाग्ने भएकाले अहिले नीतिविहीन नेताको परिकल्पना गर्नुको अर्थ नहुने बताए।

नेकपाभित्र जारी विवादलाई संकेत गर्दै अध्यक्ष पन्तले पार्टीभित्र जतिसुकै गुट/उपगुट भए पनि जननेता मदन भण्डारीको विचार (जबज) ले सबै समस्या किनारा लाग्ने दाबी पनि गरे। ‘पार्टीभित्र थिति बसाल्न जबजलाई नै ब्युँताउनुपर्छ,’ उनले भने।

rewa2

पन्तले अहिले पार्टीले वैचारिक बहस सुरुआत गरिनसकेकाले तत्काललाई आफू पार्टीको नीतिभन्दा बाहिर नजाने तर विचार खुला भएपछि केन्द्रीय तहमा जसले बहुदलिय जनवादको झण्डा बक्छ आफू त्यसैको पछि लाग्ने जानकारी दिए।

पुष्पलालका पालामा पनि उनको विचार असफल बनाइएकाले रायमाझीहरूको जन्म भएको उल्लेख गर्दै उनले अहिले पनि विचारमा दुविधा भएकाले पार्टीमा फुटपरस्त चिन्तन देखापरेको धारणा राखे।

मदनको विचार पुष्पलालकै सिद्धान्तको निरन्तरता भएकाले त्यसलाई अपनाउन कुनै समस्या नरहेको अध्यक्ष पन्तको दाबी छ।

पार्टी भित्र वैचारिक चिन्तन कमजोर भएकाले अहिले केन्द्रदेखि तलसम्म विभिन्न गुट, उपगुट र झुण्ड देखिएको र ती सबैले आफैंलाई नेताको आशीर्वाद रहेको देखाउने प्रयास गरिरहेको उनको आरोप छ।

पार्टी नीति, सिद्धान्त र पद्धतिमा नचलेको बताउँदै अध्यक्ष पन्तले नेताहरूको फेर समातेर स्वार्थ पूरा गर्ने विसंगति बढेको टिप्पणी गरे।

rewa3

दिवसका अवसरमा वृक्षराेपण पनि गरिएकाे नेकपा सर्लाही जिल्ला कमिटीले जनाएकाे छ।

याे पनिप्रचण्ड छाडेर ओलीतर्फ लागेकै हुन् त जनार्दन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad