राजनीति


प्रचण्डको सचिवालय भन्छ : जनार्दन शर्मा पार्टी एकताको रक्षामा

प्रचण्डको सचिवालय भन्छ : जनार्दन शर्मा पार्टी एकताको रक्षामा

नेपालखबर
साउन ८, २०७७ बिहिबार १२:९,

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मा पार्टी एकताको रक्षा गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा पार्टी एकतादेखि अहिलेसम्म शर्माले प्रचण्डलाई नै सहयोग गर्दै आएको उल्लेख गरेका छन्।  उनले प्रचण्डसँग जोडेर आएका ‘भ्रामक समाचार’को खण्डन पनि गरे।

‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ। अहिलेको पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो। कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।

नेकपाको असार १० गतेदेखि जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि पार्टी झण्डै फुटको संघारमा पुगेको आँकलन गरिएको थियो।

एकतालाई जोगाउन भन्दै बालुवाटारमा ओलीसँगको निर्णायक वार्ता गर्दै आएका प्रचण्डले शर्मालाई पनि साथमै राख्दै आएका छन्।

साउन ५ गते प्रचण्डले आफूपक्षीय स्थायी कमिटीका नेताहरुसँग खुमलटार निवासमा छलफल गर्दा शर्मा सहभागी थिएनन्।

सोही विषयलाई लिएर सञ्चार माध्यममा आएका समाचार निन्दनीय भएको समेत प्रचण्ड सचिवालयले बताएको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘आन्तरिक वैचारिक बहसहरु एक जीवन्त पार्टीका विशेषताहरु हुन्। तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ।’

तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकता गर्दा शर्माले महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad