राजनीति


यतिखेर नेकपालाई विभाजन हुने छुट छैन : देव गुरुङ

यतिखेर नेकपालाई विभाजन हुने छुट छैन : देव गुरुङ

नेपालखबर
साउन १०, २०७७ शनिबार १३:३२,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख सचेतक गुरुङले नेकपा फुट्दा राष्ट्रियता नै संकटमा पर्ने बताए। पार्टीभित्र कमी कमजारी रहेको स्वीकार गर्दै उनले ती कमीकमजोरीलाई सुधार गरेर एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए।

अध्यक्ष प्रचण्डको एमाले दल दर्तामा अर्का अध्यक्ष केपी शर्मा ओलीको पहल र सक्रियता रहेको भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै दल दर्ताको प्रक्रिया अगाडि बढेको कुरा सत्य भएको बताए। उनले त्यसमा को–को सहभागी थिए भन्ने कुरा अध्यननको विषय भएको र अध्यक्ष प्रचण्डले अध्ययन गरेरै बोलेको उनको भनाइ थियो।

‘दल दर्ता भएको कुरा यो फ्याक्ट हो। त्यसका लागि को–को सक्रिय थिए? को–को सक्रिय थिएनन्? भन्ने कुरा छलफल, अध्ययन र अनुसन्धानको विषय हो’, उनले भने, ‘पार्टी अध्यक्षले अध्ययन गर्नुभएको होला। बुझ्नु भएको होला । बुझेरै भन्नुभएको होला भन्ने लाग्छ।’ उनले नयाँ दल दर्ताले प्रश्नहरु उठाएको बताए।

 उनले पार्टीभित्र विवाद भए पनि तत्काल फुटको दिशामा जाने सम्भावन आफूले नदेखेको बताए। ‘म पार्टी विभाजनको सम्भावना देख्दिनँ। पार्टी विभाजन हुनुहुँदैन्। पार्टी विभाजनको ‘वे’बाट जानुहुँदैन’, उनले भने।

उनले झण्डै दुईतिहाइ बहुमतप्रप्त पार्टी विभाजन हुनु भनेको संसदीय व्यवस्था नै खतारामा पर्नु भएको बताए। उनले नेकपा विवभाजन भयो भने मुलुक अफ्गानस्थानको बाटोमा जाने र विदेशी सेनाको क्रिडास्थल हुने भएका कारण नेकपालाई विभाजनका लागि छुट नभएको बतए। 

‘दलहरु विभाजन हुन र जुट्न सक्छन्, यो स्वभाविक प्रक्रिया हो। तर, यतिखेर नेकपालाई विभाजन हुने छुट छैन’, उनले भने, ‘नेकपा तलमाथि भयो भने त्यसले नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउनेछ। नेपाल अफगानिस्तान, सिरिया, लेबनान बन्नेछ।’ 

उनले अन्तर्राष्ट्रिय शक्तिले नेपाललाई अस्थिर बनाउने र अराजकता पैदा गराउन खोजिरहेको आरोप समेत लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad