नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले सो पार्टीका पूर्व सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी र अन्य दुई नेतालाई पार्टीबाट निस्काशित गरेको छ।
नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जोशी र कैलाली जिल्लाका पूर्व राज्यमन्त्री तथा महासमिति सदस्य पुष्करनाथ ओझालाई पार्टीको अनुशासन उल्लंघन गरेको आरोपमा सो पार्टीबाट पाँच वर्षका लागि निष्काशन गरेको हो।
त्यसैगरी, कांग्रेसको डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहदुर विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्काशन गरेको अनुशासन समितिद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
गत चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीका आधारमा छानविन गरी उनीहरुलाई कारवाही गरिएको सो समितिले जनाएको छ।
जोशीले आफ्नो गृहजिल्ला तनहुँको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए। सोही क्षेत्रबाट पार्टीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीले
आधिकारिक उम्मेदवार बनाउँदा बनाउँदै पनि उनले वागी उम्मेदवारी दिएर विपक्षी दलका उम्मेदवारलाई जिताउन सघाएको भनी उनीबिरुद्ध उजुरी परेको थियो।

प्रतिक्रिया