राजनीति


युवाहरुको सत्याग्रहप्रति कांग्रेस र विवेकशीलको ऐक्यवद्धता

युवाहरुको सत्याग्रहप्रति कांग्रेस र विवेकशीलको ऐक्यवद्धता

नेपालखबर
साउन १२, २०७७ सोमबार ९:५३,

कोभिड १९ को सबल व्यवस्थापन र जनताको जीवन रक्षा गर्न माग गर्दै युवाहरुले सुरु गरेको सत्याग्रहका लागि नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंको वसन्तपुरमा सत्याग्रह बसेका ‘इनफ इज इनफ’ समूहका युवाहरुलाई भेटगरी कोभिड नियन्त्रणका लागि गरिएको सत्याग्रहमा कांग्रेसको ऐक्यवद्धता रहेको बताएका हुन्। युवाहरुले कोभिड नियन्त्रणका लागि राखेको जायज माग प्रति कांग्रेसको समर्थन रहेको र सत्याग्रहका लागि ऐक्यवद्धता जनाएको उनले बताए।

कोभिड संक्रमण सुरु भएदेखि नै नेपाली कांग्रेसले आरडीटीलाई खारेज गरी पीसीआर प्रविधिबाट परीक्षण सुरु गर्न सुझाव दिएको तर सरकारले बेवास्ता गरेको शर्माले बताए। युवाहरुले अघिल्लो पटक गरेको अनसनका बेला सरकारले जे सम्झौता गरेको थियो ती सम्झौतालाई पुरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने उनले बताए।

युवाहरुको सत्याग्रहप्रति विवेकशील नेपाली दलले समेत ऐक्यबद्धता प्रकट गरेको छ। उनीहरुको माग तत्काल पुरा गर्दै सत्याग्रहीहरुको जीवनरक्षाका निम्ति विवेकशीलले सरकार समक्ष जोडदार अपिल गरेको छ। सत्याग्रहको दशौं दिन पुग्दा समेत सरकार एवं सम्बन्धित निकायले अनशनरत युवाहरुसँग भएको सम्झौता प्रभावकारी ढंगमा कार्यान्वयन गर्न तदारुकता नदेखाएको सो दलले आराेप लगाएको छ।

इनफ इज इनफ समूहका युवाहरु १० दिन देखि कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आरडीटी परीक्षण खारेज गर्न र पीसीआर परीक्षण गर्न माग गर्दै खाना पानी नखाई सत्याग्रह बसेका छन्।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सत्याग्रहीहरु ‘ई’ र पुकार बमबीच गत असार २२ गतेका दिन भएको १२ बुँदे सम्झौताको प्रभावकारी कार्यान्वयन नभएको उनीहरुको आरोप छ।

सोही सम्झौता कार्यान्वयन गर्न माग राख्दै अभियन्ताहरू ‘ई’ र समाइरा श्रेष्ठले वसन्तपुरमा सत्याग्रह सुरु गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad