राजनीति


दार्चुलाका सीडीओ भन्छन् : अप्ठेरोमा परेपछि भारतीय अधिकारीले कुरा फेरे

दार्चुलाका सीडीओ भन्छन् : अप्ठेरोमा परेपछि भारतीय अधिकारीले कुरा फेरे

नेपालखबर
साउन १६, २०७७ शुक्रबार ७:३४,

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरदकुमार पोखरेलले भारतीयहरुले कालापानी क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाउनु भनी यसअघि पत्र पठाएको तर अहिले नेपालको जवाफपछि अप्ठेरोमा परेर उनीहरुले कुरा फेर्न थालेको बताएका छन्।

भारतको उत्तराखण्डस्थित धार्चुलाका सब-डिभिजनल मजिस्ट्रेट (एसडीएम) ले आफूले नेपाललाई कुनै पत्र नलेखेको भारतीय सञ्चारमाध्यमलाई बताएका बेला सीडीओ पोखरेलले सो दाबीलाई झूठो बताएका हुन्।

पोखरेलले भारतीय पक्षले चिठी लेखेकै कारण दार्चुला जिल्लाले जवाफ पठाएको बताए।

‘उनीहरुले पत्राचार गरेकै हो। तर अहिले हामीले यताबाट जवाफ पठाएपछि उनीहरु अप्ठेरोमा परेर कुरा फेरेका हुन्,’ सीडीओ पोखरेलले नेपालखबरसँग भने।

भारतले अतिक्रमण गरेको नेपाली भूमिमा प्रवेश गर्न नेपालीलाई प्रतिबन्ध गर्ने गरी पत्राचार गरेपछि दार्चुलाका सहायक सीडीओले भारतको धार्चुलाको इलाका प्रशासनलाई पत्र पठाउँदै नावी, कुटी र गुन्जी नेपालकै भएको र आफ्नो देशमा आफ्ना नागरिकलाई अवरोध नगर्न भनी जवाफ पठाएका थिए।

भारतको धार्चुलास्थित इलाका प्रशासन कार्यालयले नेपालको दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै त्यस भूभागमा नेपालीलाई प्रवेश गर्न नदिन पत्र पठाएको थियो। त्यस भूभागमा नेपालीहरु लूकिछिपि जाने गरेको र त्यस्ता गतिबिधिबारे सूचना दिन समेत दिन आग्रह गर्दै पत्राचार गरेपछि त्यसको जवाफमा नेपालले पत्र पठाएको थियो।

तर शुक्रबार भारतीय सञ्चारमाध्यमले भारतको उत्तराखण्डस्थित धार्चुलाका सब-डिभिजनल मजिस्ट्रेट (एसडीएम) लाई उद्धृत गर्दै नेपाललाई त्यस्तो पत्र नलेखेको जनाएका हुन्।

भारतको धार्चुलाका एसडीएम अनिलकुमार शुक्लाले आफूले पत्र लखेको भन्दै आएको समाचारलाई फेक (झूठो) भएको दाबी गरेका छन्।

‘मैले नेपालका अधिकारीहरुलाई कुनै पनि पत्र लेखेको छैन। यस प्रकारको समाचारहरु फेक हुन,’ शुक्लाले भारतीय सञ्चार माध्यमलाई भनेका छन्।
यता दार्चुलाका सीडीओले भने अहिले नेपालको जवाफपछि उनीहरु अप्ठेरोमा परी कुरा फेरेको बताएका छन्।

सामाजिक सञ्जालमा सेयर गरिएका भारतीय पक्षबाट पठाएको पत्र र नेपालले पठाएको जवाफ

LetterfromDharchula1.jpg

LetterfromDarchula1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad