सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका सचिवालयका चार नेताहरुबीच खुमलटारमा छलफल भइरहेको छ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेपछि बालुवाटारमा भएको छलफलबारे व्रिफिङ गर्न अध्यक्ष प्रचण्ड निवास खुमलटारमा शीर्ष चार नेताको छलफल भइरहेको हो।
स्रोतका अनुसार साँझ ५ बजेदेखि भइरहेको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।
बैठकमा बालुाटारमा बिहान प्रधानमन्त्री ओलीसँगको छलफलको अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेको उक नेताले नेपालखबरलाई बताए।
आइतबार बिहान ओली, प्रचण्ड, खनालबीच बालुवाटारमा छलफल भएको थियो।

प्रतिक्रिया