राजनीति


राष्ट्रिय सभामा चार समितिका सभापति निर्विरोध, तीन नेकपा र एक कांग्रेसबाट

राष्ट्रिय सभामा चार समितिका सभापति निर्विरोध, तीन नेकपा र एक कांग्रेसबाट

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ८:३२,

राष्ट्रिय सभाका समितिहरुमा शुक्रबार भएको निर्वाचनमा चारवटा समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएको संसद सचिवालयले जानकारी दिएको छ।

नवनिर्वाचित सभापतिमध्ये तारादेवी भट्ट प्रमुख प्रतिपक्षी नेपाली काग्रेसकी सांसद हुन् भने अन्य तीन सत्तारुढ नेकपाका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad