कारोबार


बुद्ध एयरले सार्वजनिक गर्‍यो सात सहरको एकतर्फी भाडादर, कहाँको कति?

बुद्ध एयरले सार्वजनिक गर्‍यो सात सहरको एकतर्फी भाडादर, कहाँको कति?

नेपालखबर
साउन २३, २०७७ शुक्रबार ८:२८,

निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले सात मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ। आगामी भदौ १ देखि उडान खुल्ने भएपछि कम्पनीले विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर, जनकपुर र धनगढीको भाडादर सार्वजनिक गरेको हो।

कम्पनीले विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपागञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि सुरुवाती एकतर्फी भाडा ५४ सय रुपैयाँ तोकेको छ।

कम्पनीले आन्तरिक उडान पनि अत्यावश्यक पर्ने भन्दै सर्वसाधारणहरु सडकमार्गबाट महंगोमा काठमाडौं आउजाउ गर्नुपरिरहेकोले उडान खोल्नुपर्ने बताएको छ।

त्यसका लागि कोभिड १९ विरुद्ध आफ्नै सुरक्षा निर्देशिका समेत बनाएर पूर्वाभ्यास समेत गरिरहेको छ।

‘हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाइ, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ । संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौँ’, कम्पनीले भनेको छ, ‘यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको छौँ। विदेशमा पनि यसैगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भइसकेको छ।’

हवाइ यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाएको बुद्धले सोहीअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरेको जनाएको छ। यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने कम्पनीको भनाइ छ।

याे पनि :
भदौ १ बाट उडान खुल्ने भएपछि सिमरामा बुद्धले गर्‍यो परीक्षण उडान (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad