राजनीति


सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : रायमाझी

सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : रायमाझी

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १०:२८,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन्।

प्रेस संगठन नेपालले शुक्रबार सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा नेता रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति भए पनि सचिवालय बैठकमा अर्का अध्यक्ष दाहालले पाँच वर्ष अध्यक्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भनी गरेको प्रस्ताव सर्वसहमतिले पारित भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्ने बताए।

पार्टी स्थायी कमिटी सदस्य रायमाझीले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तै सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भूमरीमा फसेकामा दुःख व्यक्त गर्दै पार्टीको अन्तरविरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेकामा जोड दिए।

पूर्वउपप्रधानमन्त्री रायमाझीले पाटी फुट्दा कस्तो हालत हुन्छ भन्ने हेर्न सीपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराईलाई हेरे मात्र पुग्ने बताए। उनले भने, ‘व्यक्ति नभई पार्टी र संगठन ठूलो र शक्तिशाली हुनुपर्छ।’

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले नेकपा विभाजन भएमा देश संकटमा पर्ने बताउँदै नेपाल र नेपालीलाई बचाउन तथा प्राप्त उपलब्धिको रक्षा गर्न मिलेर जानुको विकल्प नभएको बताए। रासस

याे पनि: 
नेकपामा तीन समूह छन्, म कसैसँग जोडिन चाहन्न : वामदेव

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad