भारतका विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई भारतीय भनेपछि नेपालमा त्यसको तीब्र बिरोध सुरु भएको छ।
भारतका मन्त्री तहको कुटनीतिक स्तरबाटै झूठो तथ्यको प्रचारप्रसार भएको भनी नेपालका बिभिन्न क्षेत्रका व्यक्तिहरुले त्यसप्रति आपत्ति जनाएका हुन्।
भारतीय विदेशमन्त्री जयशंकरले शनिबार आयोजित एक अनलाइन अन्तरक्रियामा भारतका अहिलेसम्मकै सबैभन्दा महान दुई भारतीयमध्ये पहिलो गौतम बुद्ध र अर्का महात्मा गान्धी भएको दाबी गरेका थिए।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक वक्तव्य जारी गर्दैै त्यसको बिरोध गरेका छन्। उनले सरकारलाई भारतसँग औपचारिकरुपमै कुराकानी गर्न अनुरोध गरेका छन्।
नेपाली कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले ‘भारतीय बिदेशमन्त्रीबाट गौतमबुद्धको जन्मभूमिबारे हाल भएको ग़लत अभिब्यक्ति प्रधानमन्त्री ओलीको रामजन्मभूमि सम्बन्धी अभिब्यक्ति जस्तै भ्रमपूर्ण र मजाकिलो’ भनी टिप्पणी गरेका छन्।
भारतीय बिदेशमन्त्रीबाट गौतमबुद्धको जन्मभूमिबारे हाल भएको ग़लत अभिब्यक्ती प्रधानमन्त्री ओलीको रामजन्मभूमि संबन्धी अभिब्यक्ती जस्तै भ्रमपूर्ण र मजाकिलो देखिन्छ! प्रतिकृयात्मक पनि हुनसक्छ!
— Ram Sharan Mahat (@ramsmahat) August 9, 2020पत्रकार तथा लेखक कनकमणि दीक्षितले बुद्ध वर्तमान अवस्थामा नेपालमा रहेको लुम्बिनीमा जन्मी हाल भारतमा पर्ने बोध गयामा गई बुद्धत्व प्राप्त गरेको प्रसंग उल्लेख गर्दै यस सम्बन्धमा उल्टा गतिबिधि गर्न नहुने बताएका छन्।
— Kanak Mani Dixit (@KanakManiDixit) August 9, 2020In Nepal, some of us are engaged in a campaign to inform Buddha was born in 'what is today Nepal' in Lumbini before he left Kapilvastu at age 29 for 'what is today India' to gain Buddhatwa at Bodh Gaya. No use backsliding. This much is certain: Sakyamuni was born in #Southasia. https://t.co/72A9IbUNJ4
सत्तारुढ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले वुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा कुनै शंका नरहेको र संसारले मानेको भए पनि भारतमा वेलावेला गलत कुरा बोलेर नेपालीको भावनामाथि खेलवाड गर्न खोजिएको बताएका छन्। उनले नेपाल सरकारले यस्ता हर्कत नगर्न भारतलाई कडा पत्र लेख्नुपर्ने उनको भनाइ छ।
वुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा कुनै शंका छैन र संसारले मानेको छ । मोदीले नेपालमै आएर जोडका साथ यो कुरा भनेका छन् । तर, भारतमा वेलावेलामा गलत कुरा बोलेर नेपालीको भावनामाथि किन खेलवाड गरिन्छ ? नेपाल सरकारले यस्ता हर्कत नगर्न भारतलाई कडा पत्र लेख्नुपर्छ ।
वुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा कुनै शंका छैन र संसारले मानेको छ । मोदीले नेपालमै आएर जोडका साथ यो कुरा भनेका छन् । तर, भारतमा वेलावेलामा गलत कुरा बोलेर नेपालीको भावनामाथि किन खेलवाड गरिन्छ ? नेपाल सरकारले यस्ता हर्कत नगर्न भारतलाई कडा पत्र लेख्नुपर्छ ।
— Bishnu Rijal (@bishnurijal1) August 9, 2020
योजनाविद् सूर्यराज आचार्यले नेपालमा जन्मेका बुद्धले भारतमा पनि ज्ञानको ज्योति फैलाएकोमा भारतले गर्व गर्नु स्वभाविक भए पनि मन्त्री तहबाट उनलाई भारतीय भनेर अफवाह फैलाउनु लापरवाहिको संकेत भनेका छन्।
नेपालमा जन्मेका बुद्धले भारतमा पनि ज्ञानको ज्योति फैलाए। यो बारेमा भारतले गर्व गर्नु स्वभाविक। तर विदेश मन्त्रीको तहबाट बुद्धलाई 'भारतिय' भनेर प्रपोगान्डा गरिनुले भारतको कुटनीतिक संयन्त्रमा लापरवाहिको संकेत गर्छ। चुनौतिको यो बेला बुद्धको शिक्षा साउथब्लकलाई झनै उपयोगि हुने देखियो। https://t.co/m5iCbDUMTm
— Surya Raj Acharya (@SuryaRAcharya) August 9, 2020
नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले भारतीय विदेशमन्त्रीस्तरको कुटनीतिक तहबाट आएको अत्यन्तै बेतुकको भनाई भनी टिप्पणी गरेका छन्। बुद्ध एक महान मानव भएको र उनका शिक्षाले मानव समुदायलाई विभाजित होइन जोड्नुपर्ने उनले बताएका छन्।
An absurd statement coming from a senior sitting diplomat of @DrSJaishankar’s stature. Calling someone born in a non-Indian territory doesn’t make the person “Indian”. Buddha is a great human being whose teachings connect rather than divide the humanity. https://t.co/zChO1lZAVR
— Krishna Gyawali (@ruru_krishna) August 9, 2020
जनस्वास्थ्य विज्ञ रीता थापाले विदेशमन्त्रीसँग प्रश्न गरेकी छन्– ‘जय शंकरजी, यदि तपाई भारतमा जन्मेर अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट पीएचडी गरी गौतम बुद्ध जस्तै विश्वले मान्ने ज्ञान प्राप्त गर्नुभयो भने के तपाईं पनि अमेरिकी बन्नुहुन्छ र?’
जय शंकरजी, यदि आप भारतमे पैदा होके, अमोरिका स्थित कोर्नेल बिश्वबिद्यालय से Phd करके शाक्यमुनी गौतम बु्द्ध कि तरह बिश्व मान्य ज्ञान प्राप्त करते तो क्या आप भि अमेरिकन होते? अगर आप इसतरह सोचेंगेतो,भगवान बु्द्ध कहॉके थे आपको सहि ऊत्तर मिलेगा। https://t.co/G66wrHMOHS
— Rita Thapa (@bheribas) August 9, 2020
अन्तर्राष्ट्रिय मामिलाका अध्येता टिकाप्रसाद ढकालले संसारकै साझा सम्पदाका रुपमा लिइने बुद्धका शिक्षालाई भारतीय राष्ट्रियतामा सीमित गर्न खोज्नु उनीप्रति सबैभन्दा ठूलो अन्याय हुने बताएका छन्।
Buddha was born in #Lumbini, #Nepal. Enlightenment dawned in him while meditating in India. Limiting Buddha's teachings, the shared heritage of our world today, to Indian nationality is the biggest disservice to the Lord. https://t.co/ZbFbkcxco4. https://t.co/HfVpIzEwb0
— Tika P. Dhakal (@TikaDhakaal) August 9, 2020

प्रतिक्रिया