नेपालमा फेरि थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज कास्की पोखरा महानगरपालिका १९ बस्ने ६२ वर्षीय पुरुषको २४ गते राति उपचारको क्रममा मृत्यु भएको बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्कीमा उनको मृत्यु भएको हो। उनी मधुमेहका रोगी भएको गौतमले बताए। त्यस्तै, पर्सा जिल्ला वीरगन्ज महागनरपालिका २ की २० वर्षीया १ महिलाको पनि कोरोनाबाट मृत्यु भएको छ।
गौतमका अनुसार उनलाई नारायणी अस्थायी कोरोना विशेष अस्पताल पुर्याइएपछि मृतक घोषित गरिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ७५ पुगेको छ।
3
Shares

प्रतिक्रिया