राजनीति


ओली-मोदी फोनवार्ता हुनेबारे कुनै जानकारी छैनः भारतीय विदेश मन्त्रालय

ओली-मोदी फोनवार्ता हुनेबारे कुनै जानकारी छैनः भारतीय विदेश मन्त्रालय

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार १३:२,

भारतको विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवादको बारेमा आफूलाई जानकारी नभएको जनाएको छ।

भारतीय विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

भारतको स्वतन्त्रताका दिवसमा दुवै देशका प्रधानमन्त्रीहरुबीच टेलिफोन संवाद हुने विषयमा पत्रकारहरुले सोधेको प्रश्नमा प्रवक्ता श्रीवास्तवले सो जवाफ दिएका हुन्।

‘मलाई यस विषयमा कुनै जानकारी छैन, यस विषयमा थप बुझ्नु पर्छ,’ प्रवक्ता श्रीवास्तवले भने।

केही नेपाली सञ्चारमाध्यमहरुले अगस्ट १५ को दिन शुभकामना आदानप्रदान र सीमासहितका अन्य विषयहरुमा दुवै देशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद हुने लेखेका थिए।

लामो समयदेखि नेपाल र भारतबीच कुनै पनि स्तरका छलफल हुन सकेको छैन। नेपालको अतिक्रमित भूभागमा भारतले सडक निर्माण गरेर उद्घाटन गरेपछि पछिल्लो समयमा विवाद चर्किएको थियो।

नेपालले लिम्पीयाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad