राजनीति


कानुनी रुपमा कठोर र व्यवहारमा नम्र बन्न महानिरीक्षक थापाकाे निर्देशन

कानुनी रुपमा कठोर र व्यवहारमा नम्र बन्न महानिरीक्षक थापाकाे निर्देशन

नेपालखबर
भदौ १७, २०७७ बुधबार १२:९,

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायव उपरीक्षकहरुलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा जान निर्देशन दिएका छन्। हालै सरुवा भएका प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रधान कार्यालयमा बोलाएर उनले अविभावकको हैसियतले जाने भएकाले जोस जाँगरका साथ खटिन निर्देशन दिए।

शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन, फरार अपराधीहरुको खोजी, सीमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने लगायतका प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्न उनको निर्देशन छ।

प्रहरी महानिरीक्षक थापाले हिरासतमा भएका व्यक्तिहरुमाथि प्रहरीले गर्ने व्यवहार एवं हिरासत कक्षको व्यवस्थापनलाई ख्याल गर्न सुझाए।

अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने बताउँदै अन्य सुरक्षा निकाय, स्थानीय निकाय र कानुन कार्यान्वयन गर्ने अन्य निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिए।

सरुवा भएका प्रहरी अधिकारीलाई कानुनी रुपमा कठोर र व्यवहारमा नम्र बन्न, आन्तरिक गुनासोको व्यवस्थापन, निष्पक्षता, चेन अफ कमान्ड र कोरोना संक्रमण नियन्त्रणको लागि आ–आफ्नो दृष्टिकोण अनुसार पुलिसिङ गर्नुपर्ने बताए। महानिरीक्षक थापाले केही दिन पहिले ७२ जना डीएसपीको सरुवा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad