राजनीति


जोखिमयुक्त बस्ती तत्काल सुरक्षित स्थानमा सार्न केसीको आग्रह

जोखिमयुक्त बस्ती तत्काल सुरक्षित स्थानमा सार्न केसीको आग्रह

नेपालखबर
भदौ २९, २०७७ सोमबार ९:३७,

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाढीपहिरोको जोखिममा रहेका बस्ती तत्काल सार्न माग गरेका छन्।

बाढी पहिरोलगायतबाट जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गरी एकीकृत ग्रामिण बस्ती विकास गर्न केसीले सरकारसँग आग्रह गरेका हुन्।

सोमबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष केसीले सिन्धुपाल्चोक र बागलुङका विभिन्न स्थानमा बाढी पहिरोबाट ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसखाले जोखिमयुक्त बस्ती अन्य स्थानमा पनि भएकाले तत्काल सार्न माग गरेका छन्।

उनले जोखिमयुक्त भनि पहिचान भइसकेका सिन्धिुपाल्चोक र बागलुङका बस्तीहरुलाई समयमै सुरक्षित स्थानमा सारेको भए यति धेरै मानवीय क्षति नहुने भन्दै सरकारको लापरवाहीका कारण जनधनको क्षति भएको आरोप लगाएका छन्।

राजमोले जोखिमयुक्त बस्ती स्थानान्तरण गरी सुरक्षित ठाउँमा एकीकृत ग्रामिण बस्ती विकास गर्न माग गर्दै आएको पनि केसीले स्मरण गराएका छन्।

हालै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको वडा नं. ७ लगायतका ठाउँहरुमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन्।यस्तै, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोला, जैमिनी नगरपालिकाका कुश्मिसेरा र बिनामारे तथा बडिगाड गाउँपालिकाको दर्लिङलगायतका स्थानमा बाढी पहिरोमा परी जनधनको ठुलो क्षति भएको थियो।

‘खानि तथा भूगर्भ विभागका विज्ञ कर्मचारीहरुले भुजी खोलाको पहाडको अवस्थिति, माटो तथा भूवनोट समेतको अध्ययन गरेर ती बस्ती जोखिममा रहेको जनाएका थिए। त्यसबारे पनि सरकारले कुनै कदम चालेन र अहिले त्यति ठूलो जन धनको क्षति भयो’ अध्यक्ष केसीले वक्तव्यमा भनेका छन्, ‘यसबारेमा हामीले सरकारको कडा आलोचना गर्दछौँ। त्यस्ता जोखिमयुक्त गाउँ बस्ती सुरक्षित ठाउँमा सार्न जोडदार माग गर्दछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad