रातो मत्स्येन्द्रनाथको मूर्ति सोमबार बुङमती लगिँदै छ।
बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटको साइत पारेर मत्स्येन्द्रनाथको मूर्तिलाई रथबाट ओरालेर खटमा राखेपछि बुङ्गमतीतर्फ लगिएको हो।
विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष कोरोना महामारीका कारण भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमतीतर्फ लगिएको हो।

गत भदौ २१ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो।
कोरोनाको जोखिमका कारण स्थानीय नेवार समुदाय र प्रशासनबीच रातो मत्स्येन्द्रनाथको रथजात्रा गरी नगर परिक्रमा समेत नगर्ने सहमति भएको थियो।
यस्तै तोकिएका स्वयमसेवकका साथै कम मानिसको उपस्थितिमा मात्रै रथयात्रा गरिएको छ।
मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिएकोमा आजका लागि साइत जुरेको थियो। असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुनेछ।
Shares

प्रतिक्रिया