राजनीति


राष्ट्रपति चुनावका प्रतिद्वन्दी बाइडेनलाई ट्रम्पले लगाए यस्तो गम्भीर लाञ्छना

राष्ट्रपति चुनावका प्रतिद्वन्दी बाइडेनलाई ट्रम्पले लगाए यस्तो गम्भीर लाञ्छना

नेपालखबर
असोज १२, २०७७ सोमबार २:१,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय चुनावका लागि उम्मेदवार बनेका आफ्ना प्रतिद्वन्दी जो बाइडेनप्रति गम्भीर लाञ्छना लगाएका छन्।

ट्रम्पले बाइडेनको मानसिक अवस्था ‘ठीक नभएको’ आक्षेप लगाउँदै मंगलबारको पहिलो बहस अघि वा पछि उनकाे स्वास्थ्य परीक्षण गरिनुपर्ने माग गरेका हुन्।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले चुनावी प्रचारप्रसारका क्रममा आफूविरुद्ध देखाएको आक्रामक शैलीप्रति व्यंग्य गर्दै त्यस्तो माग तेर्स्याएका हुन्।

राष्ट्रपति ट्रम्पले ट्विटरमा लेखेका छन्, ‘चुनावी अभियानमा रहेका बाइडेनको हाउभाउले परीक्षणको आवश्यकता देखाउँछ। मंगलबार राति बहस हुनुभन्दा अघि वा पछि उहाँको स्वास्थ्य परीक्षण होस् भन्ने मेरो माग छ।’

ट्रम्पको आरोप छ– ‘बाइडेनमा ड्रग्सको विसंगति देखिएको हुन सक्छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad