राजनीति


सरकारले आफ्नो भूमिसमेत दावी गर्न सकेन : सिंह

सरकारले आफ्नो भूमिसमेत दावी गर्न सकेन : सिंह

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ६:२०,

 नेपली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन्।

नागार्जुन नगरपालिकाले स्यूचाटारमा निर्माण गरेको ओपन फिटनेस पार्क को शनिबार उद्घाटन गर्दै नेता सिंहले सरकारको परराष्ट्रनीति असन्तुलित देखिएको बताएका हुन्।

हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको भन्दै उनले यस्तो बताएका हुन्।

‘सरकारले आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सुरक्षा दिन नसकेकाे भान जनतालाई भइरहेको छ। यो दुर्भाग्य हो’, उनले भने।

त्यस्तै उनले अहिले ठूला भ्रष्टाचार काण्ड भएको भन्दै त्यसको निष्पक्ष छानबिनको पनि माग गरे। जतिसुकै ठूला नेता भए पनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुनेमा उनले जोड दिनु दिएका छन्।

नेता सिंहले दुई तिहाई बहुमत नजिकको वर्तमान सरकार सुशासन र शान्तिसुरक्षा दिन पनि असफल भएको बताए। सरकार कोरोना महामारीको बेलामा पनि मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेको सिंहको भनाई थियो। दिनानुदिन बलात्कार महिला हिंसाका घटना बढेको भन्दै सरकारले शान्ति सुरक्षा दिन पनि नसकेको उनको भनाइ थियो।

कार्यक्रममा मेयर मोहनबहादुर बस्नेतले स्युचाटारले प्रजातान्त्र स्थापनाका लागि कलंकीको मोर्चामा संघर्ष गर्दै बलिदान दिएको स्मरण गर्दै यो ठाउँमा नमूना विकास गर्ने बताए। जनआन्दोलनका उपलब्धि रक्षा गर्न पुनः स्युचाटारबाटै संकल्प गर्नुपर्ने उनको भनाइ थियो। उनले अब कांग्रेस हाक्न र मुलुकलाई कुसल नेतृत्वदिन आगामि महाधिवेशनबाट प्रकाशमान सिहलाई सभापति बनाउनु पर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .