राजनीति


गरिबी निवारणका लागि माग र रुचीमा आधारित सीपमूलक तालिम दिइनेछ : मन्त्री अर्याल

गरिबी निवारणका लागि माग र रुचीमा आधारित सीपमूलक तालिम दिइनेछ :  मन्त्री अर्याल

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ६:५०,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रुचीमा आधारिक उद्यमशीलता तालिम दिइने बताएकी छन्।

शनिबार अन्तराष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले गरिबी निवारणका निम्ति जनस्तरमा कस्तो माग रहेको छ त्यसमा आधारित रहेर सीपमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने बताइन्।

‘गरिब पहिचान’ कार्यक्रम अन्तिम चरणमा पुगेको भन्दै मन्त्री अर्यालले सरकारले पहिचान गरेका गरिबहरुको जीवनस्तर माथि उकास्नका निम्ति एकीकृत गरिबी निवारणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन्। ‘गरिबी निवारणका लागि मागमा आधारित सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्छ’, उनले भनिन्, ‘उनीहरुलाई चाहिएको के हो? रुची केमा छ? त्यस्ता कुराहरुको पहिचान गरेर उनीहरुलाई सिप सिकाउने, उद्यमी बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ।’

अहिले पनि १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी रहेको उल्लेख गर्दै मन्त्री अर्यालले गरिबी निवारणको क्षेत्रमा अझ धेरै प्रयास गर्नुपर्ने आवश्यकता रहेको आँैल्याइन्। सरकारले गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मार्गदर्शनका रुपमा गरिबी निवारण नीति ल्याएको भन्दै मन्त्री अर्यालले एकीकृत रुपमा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन्।

‘विभिन्न निकायहरुबाट सञ्चालित गरिबी निवारणका कार्यक्रमहरुलाई गरिबमुखी बनाई समन्वयात्मक ढंगबाट सञ्चालनमा ल्याउन गरिब परिवार पहिचान हुन आवश्यक हुने विषयलाई ध्यानमा राखी आगामी आर्थिक वर्षभित्र मुलुकका सबै गरिब परिवार पहिचान गरिसक्ने लक्ष्यसहित मन्त्रालय अगाडि बढेको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘पहिचान भएका गरिबहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नु तीनै तहका सरकार र यी मातहतका सबै निकायहरुको दायित्व भएको हुँदा सबैको सामूहिक प्रयास आवश्यक छ।’

सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को दीर्घकालीन सोच लिएर पन्ध्रौ आवधिक योजनाको कार्यान्वयन गरिरहेको भन्दै मन्त्री अर्यालले सन २०३० सम्ममा मध्यम आय भएको मुलुकको रुपमा चिनाउने सरकारको अठोट पूरा गर्न धेरै काम गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘यी योजनाहरु सफल पार्न साझा चुनौतिका रुपमा रहेको गरिबीबाट मुलुकलाई मुक्त गर्न आवश्यक छ। यसका लागि सरकारी, सहकारी, निजी, गैरसरकारी क्षेत्र र विकास साझेदारबीच समन्वय एवं साझेदारी गरी अभियानका रुपमा सशक्त प्रयास सञ्चालन गर्न आग्रह गर्दछु।’

विश्वव्यापी साझा चुनौतीको रुपमा रहेको गरिबी निवारणमा टेवा पु¥याउन संयुक्त राष्ट्र संघले सन १९९३ देखि अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउन आव्हान गरेको थियो। त्यसपश्चात विश्वव्यापी रुपमा यो दिवस मनाउने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .