राजनीति


मुकेश हत्या प्रकरण : नेकपा नेता गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

मुकेश हत्या प्रकरण : नेकपा नेता गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता

शैलेन्द्र महतो
कात्तिक १३, २०७७ बिहिबार १०:५७,

पर्साका मुकेश चौरसिया हत्या प्रकरणमा सत्तारुढ नेकपाकै नेता राजकुमार गुप्तासहित १२ जनामाथि जाहेरी दर्ता गरिएको छ।

गुप्ता पूर्वसंविधान सभा सदस्य हुन्।

उनी केपी ओलिनिकट नेता मानिन्छन्। आक्रमण गर्ने दुईजना घटनालगत्तै उनको घरबाट पक्राउ परेका थिए। त्यसैले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मुख्य योजनाकार गुप्ता नै भएको आरोप लगाइरहेका छन्।

नेकपाकै दुई पक्षबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले मुकेश चौरसियाको हत्या अभियोग किटानी जाहेरी दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय पर्साले जाहेरी दर्ता गरेको नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले जानकारी दिए।

याे पनि: मुकेश चौरसिया मृत्यु प्रकरण : जाहेरी दर्ता नहुँदा पोस्टमार्टम भएन, निरन्तर आन्दोलनमा नेकपा

नेकपाको विन्दवासिनी गाउँपालिकाको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी गम्भीर घाइते भएका जिल्ला सदस्य तथा गाउँकमिटी सचिव चौरसियाको गएको बिहीबार उपचारको क्रममा मृत्युु भएको थियो। घटनाको एक सातापछि वकिल कार्यालयमा जाहेरी दर्ता भएको हो।

जाहेरी दर्ता भएपछि चौरसियाको पोस्टमार्टम पनि हुने भएको छ। नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको चौरसियाको शवको भोलि (शुक्रबार) बिहान पोस्टमार्टम हुने र आफ्नै गाउँमा अन्त्येष्टि गरिने इन्चार्ज साहले बताए।

वकिल कार्यालयले जाहेरी दर्ता गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको छ।

याे पनि: 
सपथग्रहणमा यसरी झडप हुँदा मुकेशको ज्यान गयो, दुई समूहमाथि आशंका

मुकेश चौरसिया मृत्यु प्रकरण स् हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad