राजनीति


८ दिनपछि मुकेश चौरसियाको अन्त्येष्टि

८ दिनपछि मुकेश चौरसियाको अन्त्येष्टि

शैलेन्द्र महतो
कात्तिक १४, २०७७ शुक्रबार १४:५३,

पर्सामा नेकपाको दुई गुटको झडपमा परी मृत्यु भएका नेकपाका नेता मुकेश चौरसियाको शुक्रबार अन्त्येष्टि गरिएको छ। 

मुकेशलाई आफ्न‌ै गाउँ विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठास्थित सम्शानघाटमा शुक्रबार साँझ अन्त्येष्टि गरिएको हो।

बिहीबार सरकारी वकिलको कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा घटनामा संलग्न मुख्य योजनाकार नेकपा नेता राजकुमार गुप्ता लगायत १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएपछि मात्र शुक्रबार मृतकका परिवारले शव बुझेका थिए। मुकेशको शवलाई गाउँ ल्याएर शव यात्रा गरेपछि साँझ अन्त्येष्टि गरिएको हो।

उनलाई अन्त्येष्टि अघि नेकपाका स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री मातृका यादवले नेकपाको झण्डा ओढाएर श्रद्धान्जली दिएका छन्। उनको अन्त्येष्टिमा नेकपाका सयौं स्थानीय नेता कार्यकर्ता तथा गाउँले सहभागी भएका थिए।

mukes2.jpg

विन्दवासिनी गाउँपादिका ५ मा गएको कार्तिक ६ गते नेकपाको गाउँकमिटीको सपथ ग्रहण कार्यक्रम असन्तुष्ट पक्षले बिथोल्न खोज्दा झडप भएको थियो। जसमा उनी गम्भीर घाइते भएका थिए।

नेकपाका जिल्ला सदस्य तथा गाउँ कमिटी सचिव समेत रहेका चौरसीयाको कार्तिक ७ गते बिहान उपचारको क्रममा मृत्युु भएको थियो। प्रहरीले जाहेरी दर्ता नगर्दा परिवारजनले उनको शव बुझ्न अस्विकार गरेका थिए।

जाहेरी दर्ता भएपछि मुकेशको शवलाई शुक्रबार दिउँसो नारायणी अस्पतालमा पोष्टमार्टम गरेर शव यात्रा गरि अन्त्येष्टि गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad