राजनीति


१६ बुँदे असहमतिबारे छलफल गर्न कांग्रेसका ३० जना जुटे

१६ बुँदे असहमतिबारे छलफल गर्न कांग्रेसका ३० जना जुटे

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार १०:२,

नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, बरिस्ठ नेता कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय बिजयकुमार गच्छदार र बिमलेन्द्र निधि, महामन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, महामन्त्री पुर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत उपस्थित छन्।

त्यसैगरी बैठकमा सहभागी अन्य नेताहरुमा प्रकाशमान सिंह, रमेश लेखक, अर्जुननरसिंह केसी, मिलेन्द्र रिजाल, गोपालमान श्रेष्ठ, आन्नद प्रसाद ढुङ्गाना, ज्ञानेन्द्र बहादुर कार्की, रामशरण महत, बल बहादुर केसी, एनपी साउद, चन्द भण्डारी र गगन थापा लगायत करिब ३० जना छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारी समेतको बैठक डाकेका हुन्।

‘हामीले राखेको १६–बुँदेको विषयमा छलफल गर्न बैठक डाकिएको छ,’ केन्द्रीय सदस्य मिनेन्द्र रिजालले नेपालखबरसँग भने, ‘मुख्यरुपमा पार्टीभित्रको समस्याबारे छलफल हुनेछ र त्यसबाहेक कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउनेबारे निर्णय पनि हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad