प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ न नलेख्न सरकारले मतहातका निकायलाई दिएको निर्देशन आपत्तिजनक भएको बताएको बताएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको यो कदम संविधानको मर्मविरोधी रहेका कारण ठाडै अस्वीकार गर्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै एक ट्विट लख्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीमाथि जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता भनि प्रश्न समेत गरेका छन्।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ। प्रधानमन्त्री केपी शर्मा ओलीज्यू जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता?’, प्रवक्ता शर्माले लेखेका छन्, ‘होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ !’\
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 3, 2020`संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल´ नलेख्न सरकारले मातहतलाई दिएको निर्देशन आपत्तिजनक छ l @Pm_Nepal जेल बस्दाको सिद्धान्त सम्झने कि संविधान निर्माण गर्दाको प्रतिबद्धता ?
होसियार ! संविधानको मर्म विरुद्धको कर्म ठाडै अस्वीकार्य छ ! जय नेपाल !!
मन्त्रिपरिषदको ११ असोजमा बसेको बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा असोज २८ मा मातहत निकायमा जारी परिपत्रमा उल्लेख छ।
कानून मन्त्रालयको जारी परिपत्रअनुसार ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को स्थानमा ‘नेपाल’ मात्र लेख्नुपर्ने भएको छ।
Shares

प्रतिक्रिया