भोली सोमबार बस्ने भनेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २७ गतेका लागि सारिएको छ।
यसअघि शुक्रबार बस्ने भनिएको बैठक सारेर भोली सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा सो बैठक अब बिहीबार दिनको १ बजेका लागि सारिएको हो।
‘सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

प्रतिक्रिया