अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल भोटको आवश्यकता हुन्छ। बाइडेनले २७० भन्दा बढी इलेक्टोरल मत पाइसकेका छन्।
बाइडेनलाई विश्वभरबाट बधाई आएको छ र उनले नयाँ कार्यकालका लागि योजनाहरु पनि बनाइरहेका छन्।
यसबीचमा डोनाल्ड ट्रम्पले भने चुनावको हार स्वीकार गरेका छैनन्। बाइडेनले चुनाव धाँधली गरेर जितेको ट्रम्पको आरोप छ।
ट्रम्पले चुनावमा धाँधली भएको विषयलाई सर्वोच्च अदालतमा पुर्याउने बताइरहेका छन्। ट्रम्पले बाइडेनलाई अदालतमा चुनौती दिने बताइरहँदा हालसम्म चुनावमा कहाँ र कसरी धाँधली भयो भनेर प्रमाण भने दिएका छैनन्।
यद्यपी उनले हुलाकीबाट हुने मतदानका कारण चुनावमा धाँधली भएको हुनसक्ने संकेत गरेका छन्। यसबीचमा ट्रम्पका वकिल रुडी जियुलियानीले फक्स न्युजसँग भनेका छन्,‘हाम्रीसँग मजबुत प्रमाण छ कि चुनावका क्रममा ३ देखि सम्भवत १० राज्यहरुमा धाँधली भएको छ।’
सोमबार पेनसिल्भेनिया, मिसिगन, विसकनसिन, नेभादा, जोर्जिया, एरिजोना राज्यमा ट्रम्पको टोलीले चुनावमा धाँधली भएको भन्दै अदालतमा मुद्दा हाल्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ।
ट्रम्पले वैध मत मात्र गन्दा आफूले चुनाव जित्ने बताउँदै आएका छन्। आफ्ना प्रतिनिधिहरुलाई मतगणनास्थलमा प्रवेश गर्न नदिएको पनि ट्रम्पको आरोप छ।
THE OBSERVERS WERE NOT ALLOWED INTO THE COUNTING ROOMS. I WON THE ELECTION, GOT 71,000,000 LEGAL VOTES. BAD THINGS HAPPENED WHICH OUR OBSERVERS WERE NOT ALLOWED TO SEE. NEVER HAPPENED BEFORE. MILLIONS OF MAIL-IN BALLOTS WERE SENT TO PEOPLE WHO NEVER ASKED FOR THEM!
— Donald J. Trump (@realDonaldTrump) November 7, 2020

प्रतिक्रिया