राजनीति


कांग्रेस केन्द्रीय समितिको बैठक फेरि एक दिन सर्‍यो, शुक्रबार बस्ने

कांग्रेस केन्द्रीय समितिको बैठक फेरि एक दिन सर्‍यो, शुक्रबार बस्ने

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ११:२२,

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार (कार्तिक २८ गते) बस्ने भएको छ।

यसअघि बिहीबारका लागि तोकिएको बैठक शुक्रबार बस्ने गरी तोकिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशित गरी बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक शुक्रबार दिनको १ बजे बस्ने जानकारी दिएका छन्।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि आग्रह गरिएको छ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि आग्रह गरिएको छ।

यस अघि १९ असोजमा बस्ने भनिएको बैठक नेताहरुलाई कोरोना देखिएपछि २५ असोजका लागि बैठक सारिएको थियो। २५ असोजमा पनि केन्द्रीय समिति बैठक बस्न सकेन। त्यसपछि २१ कात्तिकमा बस्ने गरी बैठक बोलाइएको थियो। सो दिन पनि बैठक बस्न नसक्ने भएपछि २७ गतेका लागि तोकिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad