नेपाली कांग्रेसका महासमिति सदस्य लक्ष्यबहादुर न्यौपानेको निधन भएको छ।
क्यान्सर रोगबाट पीडित न्यौपानेको गएराति उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ। स्वर्गीय न्यौपाने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख ईश्वरी न्यौपानेको श्रीमान् हुन्।
नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका न्यौपानेको निधनबाट नेपाली कांग्रेसले एक निष्ठावान राजनीतिज्ञलाई गुमाएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
कांग्रेस महासमिति सदस्य सहित ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य रहेका न्यौपानेको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया