राजनीति


टिग्रेमा आक्रमण गर्ने इथोपिया सरकारको घोषणा, सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन

टिग्रेमा आक्रमण गर्ने इथोपिया सरकारको घोषणा, सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ११:५२,

प्रधानमन्त्री अबी अहमदले द्वन्द्वरत क्षेत्र टिग्रेको राजधानी मेकेलीमा विद्रोहीविरद्ध आक्रमण गरिने बताउँदै त्यहाँका सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिएका छन्।

नोबल शान्ति पुरस्कार विजेता अहमदले सेनाले सर्वसाधारणलाई कुनै हानी नपुर्याउने बताएका छन्।

टिग्रेमा रहेका विद्रोहीलाई आत्मसमर्पण गर्ने समय सीमा सकिँदा समेत उनीहरुले आत्मसमर्पण नगरेपछि आक्रमण गर्न लागिएको बीबीसीले जनाएको छ।

पछिल्लो समय टिग्रेमा टीपीएलएफ विद्रोही समूहले हिंसात्मक गतिविधि जारी राख्दा यहाँका सयौं नागरिक मारिएका छन्। हजारौं टिग्रे छाडेर भाग्न बाध्य भएका छन्।

अहिले टिग्रेमा संचारको सबै सुविधालाई बन्द गरिएको छ। टिग्रेको राजधानी मिकेलीमा ५ लाख जनसंख्या छ। यहाँ आक्रमणको अन्तिम तयारी भइरहेको सरकरको भनाइ छ।

यहाँको शक्तिशाली धार्मिक पार्टी डेब्रिटसन गेब्रिमाइकलले टीपीएलफका शक्ति आफ्नो क्षेत्र रक्षा गर्न मर्न तयार भएको बताएको छ।

यहाँ २ लाख ५० हजार टीपीएलएफ लडाकु भएको आशंका गरिएको छ। टिग्रे प्रान्त र केन्द्र सरकारबीचको टकराबका कारण द्वन्द्व निम्तिएको बताइएको छ।

सन् २०१८ मा अबि अहमद यहाँको राष्ट्रपति हुन अगाडि हाल विद्रोहमा उत्रिएको टीपीएलएफले एक दशकसम्म यहाँको सेना र राजनीतिमा बर्चस्व कायम गरेको थियो।

यसै वर्षको सेप्टेम्बरमा कोरोना प्रकोपबीच टिग्रेमा क्षेत्रीय निर्वाचनको आयोजना गरिएको थियो। राष्ट्रपतिले यस निर्वाचनलाई अवैधानिक भनेका थिए।

नोभेम्बर ४ मा केन्द्र सरकारले टीपीएलएफलाई सैन्य अखडामा आक्रमण गरेर हतियार लुटपाट गरेको आरोप लगाएपछि यहाँ विवाद निम्तिएको हो।

टीपीएलएफले आक्रमण गरेको विषय झुठो भएको बताएको थियो। एजेन्सी

यो पनिः डब्लूएचओका प्रमुखमाथि इथियोपियाका बिद्रोहीलाई हतियार प्रदान गर्न सहयोग गरेको आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad