राजनीति


सबै आर्थिक र गैरआर्थिक क्षेत्रलाई डिजिटाइज गरिँदै छ : प्रधानमन्त्री

सबै आर्थिक र गैरआर्थिक क्षेत्रलाई डिजिटाइज गरिँदै छ : प्रधानमन्त्री

नेपालखबर
मंसिर १३, २०७७ शनिबार ८:१३,

प्रधानमन्त्री केपी शार्मा ओलीले नेपाल सरकारले डिजिटल नेपालको अभियान अन्तर्गत सबै आर्थिक र गैरआर्थिक गतिविधिलाई डिजिटल माध्यममा रुपान्तरण गर्ने प्रयास गरिरहेको बताएका छन्।

‘मेरो नेतृत्वको सरकारले पहिलो पटक डिजिटल नेपालको खाका तयार पारी ई–गभर्नेन्सका लागि नीतिगत आधार तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ,’ फोन पे डिजिटल इकोनोमी कल्क्लेभलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने।

मन्त्रिपरिषदले स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको यस डिजिटल नेपाल खाकामा कृषि, स्वास्थ्य, शिक्षा, शहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल फाउन्डेसन गरी ८ प्रमुख क्षेत्रहरुको पहिचान र प्राथमिकीकरण गरी कार्यान्वयनको प्रस्ताव गरिएको प्रधानमन्त्रीले जानकारी गराए।

यसका साथै यी ८ क्षेत्रलाई समेटने गरी नेपाललाई आर्थिक–सामाजिक प्रगतितर्फ निर्देशित गर्ने उद्देश्यका साथ ८० डिजिटल पहलहरु पहिचान गरिएको छ। डिजिटल प्रविधिको उपयोगबाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा बृद्धि गरी अर्थतन्त्रको बृहत्तर आयामको रुपान्तरण गरी आधुनिकीकरण गर्ने लक्ष्यसहित सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको हो।

मालपोत, विद्युत महशुल, आन्तरिक राजस्व, भन्सार महशुल, सवारी चालक अनुमतिपत्र र नवीकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सूचना प्रणालीमा आबद्ध गराउने प्रक्रिया सुरू भइसकेको प्रधानमन्त्री ओलीले बताए।

सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी कामसमेत अगाडि बढाएको र सूचना प्रविधिको विस्तारका लागि सबै प्रदेशमा अप्टिकल फाइवर विस्तार, प्रत्येक स्थानीय तहमा इन्टरनेटको पहुँच विस्तारजस्ता सूचना प्रविधिका आधारशीला खडा गर्ने काम पनि भइरहेको प्रधानमन्त्री ओलीले जानकारी दिए।

‘डिजिटल फाउन्डेसन अन्तर्गत इन्टरनेटको पहुँच विस्तार, डिजिटल साक्षरता र सुशासनका लागि विद्युतीय सेवा उपलब्ध हुनेछ। साथसाथै, डिजिटल प्रविधिको प्रयोगका केही चुनौतिहरु पनि देखिन सक्छन्। जस्तो कि सबैलाई डिजिटल प्रविधि प्रयोगमा अभ्यस्त बनाउने, डिजिटल नलेज विस्तार गर्ने, करको दायरामा ल्याउने र ह्याकिङलगायतका साइवर सेक्युरिटीसँग सम्बन्धित समस्याहरुमा पनि हामीले उचित ध्यान दिनुपर्ने हुन्छ’ उनले भने।

अर्थतन्त्रको डिजिटाइजेसनको हालसम्मको यात्रामा निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको र पहिलो पुस्ताका सूचना प्रविधि व्यवसायीहरूले सुुरू गरेका फिनटेक कम्पनीहरूले नेपालीहरूलाई मोबाइल वालेटमा अभ्यस्त बनाउँदै लगेका उनले बताए।

नेपालीहरूलाई क्यासलेस ट्रान्जेक्सन (नगद रहित कारोबार) बारे सिकाउनुका साथै डिजिटल बैकिङतर्फ डो¥याएको उनले बताए। उनले कोरोना महामारीकै बीचमा नेपाली बैंक तथा वित्तीय संस्थाहरुले घरबाटै खाता खोल्न सक्ने, मोबाइलमार्फत क्वुआर कोडद्वारा चेकबिनै बैंकबाट रकम झिक्न सक्ने खालका नवीनतम् डिजिटल बैंकिङ सेवाहरु प्रवाह गर्न थालेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad