पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ। स्वाँरको बिहीबार बिहान काठमाडौंको बानेश्वरस्थित घरमै निधन भएको थियो।
स्वाँर सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री थिए। उनी पछिल्लो समयमा कोरोना भाइरसबाट संक्रमित भई निको भएका थिए। कोरोना रिपोर्ट नेगेटिभ आएको ३–४ दिनपछि उनको निधन भएको हो। उनमा मुटुको समस्या रहेको स्रोतले जनाएको छ।
उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। उनका दुई छोरा र चारजना छोरी छन्।
3
Shares
प्रतिक्रिया