भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले सीमा समस्या शान्तिपूर्ण तवरले समाधान नहुञ्जेल चीनसँग सम्बन्ध सुधार नहुने बताएका छन्।
उनले भारत–चीन सम्बन्ध सबैभन्दा खराब समयबाट गुज्रिरहेको पनि बताए।
‘यतिबेला हामी चीनसँगको सम्बन्धमा गएको तीसचालीस वर्षकै सबैभन्दा कठिन चरणबाट गुज्रिरहेका छौँ,’ जयशंकरले अस्ट्रेलियाली थिंक ट्यांक लोवी इन्स्टिच्युटसँगको अन्तर्वार्तामा भनेका छन्, ‘लाइन अफ एक्चुअल कन्ट्रोलमा शान्ति र स्थायित्व कायम गर्नु नै हामीबीचको सम्बन्धमा प्रगतिको आधार हो भन्नेमा हामी स्पष्ट छौँ।’
जुन महिनामा झडप हुनुभन्दा अगाडिसम्म भारत–चीन सम्बन्ध सकारात्मक दिशामा अघि बढिरहेको उनको भनाइ छ।
तर, २० भारतीय सैनिकको ज्यान जानेगरी जुन १५ मा भएको झडपले पूर्ण रुपमा परिस्थिति परिवर्तन गरिदिएको उनले बताए।
उनले चीनले सम्झौता उल्लंघन गरेको दाबी पनि गरे।
तनाव जारी रहँदा सम्झौता सुधारको कुरा यथार्थवादी नहुने जयशंकरले स्पष्ट पारे। एजेन्सी

प्रतिक्रिया