राजनीति


निर्वाचन नतिजा उल्टाउने प्रयासमा रहेका ट्रम्पलाई सर्वाेच्च अदालतबाट ठूलो झट्का

निर्वाचन नतिजा उल्टाउने प्रयासमा रहेका ट्रम्पलाई सर्वाेच्च अदालतबाट ठूलो झट्का

नेपालखबर
मंसिर २७, २०७७ शनिबार १:२८,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चार राज्यमा निर्वाचन नतिजा उल्ट्याउने गरेकाे प्रयास त्यहाँको सर्वाेच्च अदालतले अस्वीकार गरेको छ।

ट्रम्पले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति चयनको चुनावअन्तर्गत जर्जिया, मिसिगन, पेनसिल्भेनिया र विस्कान्सिन राज्यको मत परिणाम अमान्य गराउन माग गरेका थिए, जहाँ उनका प्रतिद्वन्दी जो बाइडेनले जितेका छन्।

यस मामिलामा १२ राज्यका महान्यायधिवक्ता र कांग्रेसका १२७ रिपब्लिकन सदस्यले समर्थन जनाएका थिए।

तर सर्वाेच्च अदालतले यस विषयमा टेक्साससँग कुनै कानुनी आधार नभएको उल्लेख गर्दै यो मुद्दा सर्वोच्च अदालतमा चलाउन नसकिने बताएको बीबीसीले जनाएकाे छ।

सर्वाेच्च अदालतको यो फैसला ट्रम्पका लागि ठूलो झड्का हो, जसले चुनावमा भएको ‘धाँधली’विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हाल्ने चेतावनी दिइरहेका थिए।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्ने दिन नजिकै आइसक्दा पनि ट्रम्पले अझै आफ्नो हार अस्वीकार गरिरहेका छन् र चुनावमा धाँधली भएको भन्दै नतिजा उल्टाउन अदालत धाइरहेका छन्।

अमेरिकाको पम्पराअनुसार यही डिसेम्बर २० तारिख नयाँ राष्ट्रपति (बाइडेन) ले पदभार ग्रहण गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad