सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले केन्द्रीय समितले पनि केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नसक्ने जिगिर गरेका छन्।
आइतबार प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशन निर्वाचित अध्यक्ष र आमनिर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको निर्णयबाट हटाउन खोज्नु पार्टीलाई अस्तव्यस्त बनाउने प्रयास भएको बताए।
पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई महाधिवेशन र संसदीय प्रक्रियाबाट मात्र हटाउन सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले राजनीति र पार्टीको स्थिरताका लागि महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई बहुमत केन्द्रीय कमिटीले हटाउन नसक्ने जिकिर गरे। ‘बहुमत सदस्यले आफ्नो दृष्टिकोण भने राख्न सक्नेछन्’, उनले भने।
नेता बाँस्कोटाले अहिले पार्टीमा विद्यमान विवाद छलफल र संवादबाट समाधान गर्न सकिने बताए। उनले निर्वाचित प्रधानमन्त्रीको कार्यकाल पूरा हुुनुपर्नेमा पार्टीका कार्यकर्ता र आमजनताको चाहना रहेको बताए।
Shares

प्रतिक्रिया