राजनीति


मोदी सरकारले ल्याएको कानुन केजरीवालले विधानसभामै च्याते

मोदी सरकारले ल्याएको कानुन केजरीवालले विधानसभामै च्याते

नेपालखबर
पुस २, २०७७ बिहिबार १३:४१,

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारले ल्याएको कृषि कानुनको प्रति विधानसभा बैठकमा च्यातेका छन्।

बिहीबार डाकिएको विधानसभाको विशेष सत्रमा बोल्दै केजरीवालले केन्द्र सरकारलाई ‘बेलायतीहरुभन्दा खराब नबन्न’ सुझाए।

नरेन्द्र मोदी सरकारले ल्याएको तीन वटा कृषिसम्बन्धी कानुनको विरोधमा किसानहरु हप्तौँदेखि आन्दोलनमा छन्।

‘म यो सभामा यी तीन कृषि कानुन च्यात्छु र केन्द्रलाई बेलायतीहरुभन्दा खराब नबन्न आग्रह गर्छु,’ ती कानुन च्यात्दै केजरीवालले भने, ‘महामारीका बीचमा संसदबाट कृषि कानुन पारित गर्नुपर्ने हतार के थियो?’

ती कानुनविरुद्ध दिल्ली विधानसभामा नाराबाजी समेत भएको छ।

केजरीवालको आम आदमी पार्टीले किसानहरुको आन्दोलनलाई समर्थन गर्दै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad