ad ad

राजनीति


बालुवाटारमा ओली प्रचण्डबीच एक घण्टा भेटवार्ता

बालुवाटारमा ओली प्रचण्डबीच एक घण्टा भेटवार्ता

नेपालखबर
पुस ३, २०७७ शुक्रबार १३:४१,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार साँझ भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच करिब एक घण्टा कुराकानी भएको थियो।

‘दुई अध्यक्षबीच साँझ भेट तथा कुराकानी भएको हो। पार्टीको आन्तरिक राजनीतिबारे समग्र रुपमा छलफल भएपनि कुनै ठोस निष्कर्ष निस्किएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भने, ‘थप छलफल गर्दै सहमति खोज्ने प्रयास जारी छ।’

बिहीबार पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको थियो।

सो भेटमा अध्यादेश फिर्ता लिने विषयमा बुधबारको स्थायी समितिमा भएको सहमति कार्यान्वयन गर्न प्रचण्डले आग्रह गरेका थिए।

तर प्रधानमन्त्रीले सो अध्यादेश फिर्ता लिने पहल नगरेपछि प्रचण्डलगायतका नेताहरु थप सशंकित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .