राजनीति


प्रधानमन्त्री ओलीको दौडधुप : खुमलटारबाट गृहमन्त्री थापालाई भेट्न सिधै पुल्चोक पुगे

प्रधानमन्त्री ओलीको दौडधुप : खुमलटारबाट गृहमन्त्री थापालाई भेट्न सिधै पुल्चोक पुगे

नेपालखबर
पुस ४, २०७७ शनिबार ७:१८,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्।

शनिबार बिहान कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका प्रधानमन्त्री ओली प्रचण्डसँगको भेटपछि सिधैँ गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले खुमलटारमा कार्यकारी अध्यक्षपछि प्रधामन्त्री ओलीले निवासमै पुगेर गृहमन्त्री थापासँग छलफल गरेको बताए।

‘खुमलटारको भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिनिवास पुल्चोकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफल गर्नुभएको छ’, थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

पार्टीभित्र देखिएको विवाद र प्रचण्ड–नेपाल समूहले आफूमाथि दबाब बढाएपछि पछिल्लो समय ओलीले भेटघाट र छलफल बढाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad